काठमाडौंमा थपिए २५ कोरोना संक्रमित

सहयात्रा टिभी

काठमाडौं। वैशाख २०, पछिल्लो २४ घण्टामा काठमाडौंमा २५ जना कोभिड संक्रमित थपिएका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये आज काठमाडौंमा २४ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६१ पुगेको छ । आज देशभर २१६ जना होम आइसोलेसनमा र एकजना संस्थागत आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा उपचाररत एक जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 3 May, 2022

प्रतिक्रिया दिनुहोस्