उमेदवारको परिवारमाथि आक्रमण

सहयात्रा टिभी

काठमाडौं। वैशाख २२, धनुषामा आसन्न स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ ।

नेकपा ९माओवादी केन्द्र०का तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिरै बरन्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए ।

 

प्रकाशित : 5 May, 2022

प्रतिक्रिया दिनुहोस्