बेलायतमा स्थानीय तहको निर्वाचन सुरु

काठमाडौं। वैशाख २२, बेलायतमा १ सय ४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० काउन्सलर चुनावी मैदानमा छन् ।
लन्डनका सबै ३२ बरोसहित प्रमुख शहरहरू लिड्स, म्यान्चेस्टर, बर्मिङ्घम आदिमा निर्वाचन भइरहेको छ । लन्डनमा मात्र १८ सयभन्दा बढी सिटका लागि मतदान हुँदैछ ।
साउथ योर्कसायरका मतदाताले क्षेत्रीय मेयर चुन्नेछन् भने एक हजार पेरिस काउन्सिलहरूले करिब १० हजार काउन्सिलर निर्वाचित गर्नेछन् ।
वेल्समा २२ लोकल काउन्सिलका १२३४ नयाँ काउन्सिलरहरू चुनिँदै छन् भने स्कटल्यान्डमा ३२ काउन्सिलमा १२२७ सिटका लागि मतदान जारी छ ।