=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


एक सातादेखि जुम्लाको हिमामा टेलिफोन सेवा अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं। वैशाख २३, जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ।

नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो। टावरको हर्न चोरी भएको देखिन्छ।

टेलिकमको जुम्ला कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्नमा क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौंबाट मगाइएको छ। हर्न काठमाडौंबाट नेपालगन्ज आइपुगेको र अब जहाजमा जुम्ला ल्याइने श्रेष्ठले बताए।

 

प्रकाशित : 6 May, 2022

प्रतिक्रिया दिनुहोस्