शिव परियारको ‘फूलको शहर’ सार्वजनिक
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौं। वैशाख २६, गायक शिव परियारको नयाँ गीत ‘फूलको शहर’मा सार्वजनिक भएको छ।

माया प्रेम भाव प्रकट गरिएको सो गीतमा शब्द सिर्जना डीपी खनालले गरेका छन् भने शंकर थापा ‘मुस्कान’ले संगीत भरेका छन्।
सुब्रत आचार्यले निर्देशन गरेको सो गीतको भिडियोमा अस्तिक कडेल र रिमा कडेलले अभिनय गरेका छन्।


