शेयर बजार
सहयात्रा टिभी
काठमाडौं। वैशाख २६, साताको दोस्रो दिन सोमबार शेयरबजारको कारोबार सामान्य बृद्धि भएको छ ।
सोमबार १२ दशमलव २७ अंक बढेर बजार २२ सय ६८ दशमलव ८५ अंकमा आएर बन्द भएको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार पनि शेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा फर्कन खोजेको देखिन्छ ।
कारोबार रकममा पनि आइतबारको तुलनामा सोमबार सुधार आएको छ । आइतबार एक अर्ब ३२ करोड बराबरको कारोबार भएको छ भने सोमबार एक अर्ब ३९ करोड बराबरको कारोबार भएको छ ।
बजारमा सोमबार २२२ वटा कम्पनीको २८ हजार ६७५ वटा कारोबार हुँदा ३३ लाख २४ हजार ८३२ कित्ता शेयर कारोबार भएको छ।