बालेन शाहले लिए आफ्ना राजनीतिक गुुरु बाट आशीर्वाद

काठमाडौं। वैशाख २७,शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ललितपुर महानगर १० का स्वतन्त्र वडाध्यक्ष प्रत्यासी नरसिंह ब्यन्जनकारलाई भेटेका छन् ।
ब्यन्जनकार ५० वर्षदेखि ललितपुर १० बाट चुनाव लड्दै आएका छन् । र, उनले अहिलेसम्म हारेका छैनन् ।
काठमाडौंका मेयर उम्मेदवार शाह ब्यन्जनकारलाई आफ्नो राजनितिक गुरु मान्छन् । आज तिनै ब्यन्जनकारसँग आशीर्वाद लिन बालेन घरदैलो कार्यक्रम छोडेर कुपन्डोल पुगेका छन् ।