सेयर बजार

काठमाडौं। वैशाख २७, सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से ४४.१६ अंकले बढेर २३ सय १३ विन्दुमा अडिएको छ।
२२६ कम्पनीको २६ हजार ५६५ पटक सेयर कारोबार भयो। दोहोरो अंकले बढेको सेयर बजारमा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको सेयर कारोबार भयो
कारोबारमा आएका १३ वटै समूहको सूचक उकालो लागेको छ। फाइनान्स समूहको सर्वाधिक ३.२७ प्रतिशतले सेयर मूल्य बढ्यो। हाइड्रो पावरको ३.८ प्रतिशतले बढ्दा डेभलपमेन्ट बैंक,अन्य, लाइफ इन्स्युरेन्स, इन्भेस्टमेन्टको दुई प्रतिशत बढीले सूचक बढ्यो।
आज ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ९८ लाख बढीको सेयर कारोबार भयो।