दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं। वैशाख २७, सवारी दुर्घटनामा परी गढवामा दुई जनाको मृत्यु भएको छ ।

सोमबार गढवामा जिप र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । मृत्यु हुनेमा गढवा गाउँपालिका ६ आँटीपाकरका २० वर्षीय अरुण चौधरी र २३ वर्षीय सुरज चौधरी रहेका छन् ।

घाइते दुवै जनालाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । नेपलागन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

लमहीदेखि गढवा जाँदै गरेको वाग्मती प्रदेश ०१.०२७ च ००७७ नम्बरको जिप र गढवाबाट लमहीतर्फ जाँदै गरेको रा ६ प ७३७९ नं.को मोटरसाइकल गढवा गाउँपालिका ५ सिक्रहवामा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका थिए ।

 

प्रकाशित : 10 May, 2022

प्रतिक्रिया दिनुहोस्