विल गेट्सलाई कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८, माइक्रोसफ्टका को–फाउण्डर विल गेट्सलाई कोरोना संक्रमण भएको छ ।

मंगलवार गरिएको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको विल गेट्सले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले कोरोना संक्रमणपछि आफू आइसोलेसनमा रहेको समेत बताएका छन् । उनले आफूमा कोरोनाको हल्का लक्षण समेत देखिएको बताएका छन् ।

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्