आज सोमबार बुद्ध जयन्ती मनाइँदै

काठमाडौं। ज्येष्ठ २, वैशाख शुक्ल पूर्णिमाका दिन आज सोमबार बुद्ध जयन्ती मनाइँदै छ ।
भगवान् गौतम बुद्धको २५६४औं जयन्ती सोमबार परेको हो । विश्वमा ५० करोडभन्दा बढीले बुद्ध जयन्ती मनाउने गर्छन् । नेपालसहित चीन, भारत, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, श्रीलंका, मलेसिया, कोरिया, जापान, लाओस्, इन्डोनेसियालगायतका देशमा यो जयन्ती मनाइने गरिन्छ ।
वुद्ध जयन्तीका अवसरमा बौद्धविहार, मठ तथा गुम्बाहरूमा विशेष कार्यक्रम हुँदै छ । यो अवसरमा बौद्ध तीर्थस्थल लुम्बिनी र काठमाडौंको स्वयम्भूमा ठूलो मेला लाग्दै छ ।
वैशाख पूर्णिमाका दिन बुद्धको जन्म ज्ञानप्रप्ति र महापरिनिर्वाण भएकाले यो दिनलाई बुद्धपूर्णिमाका रूपमा मनाइन्छ ।
आजभन्दा २५६५ वर्षअघि नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो । तीनै राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा दरबार छाडेर हिँडेको केही वर्षपछि गौतम बुद्ध बने । अहिंसा परमोधर्म भन्ने बुद्धको सन्देश आज विश्वभर फैलिएको छ ।