पहिलो पटक वैज्ञानिकले चन्द्रमाको माटोमा विरुवा उमारे

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ४, चन्द्रमाको माटोमा विरुवा उमार्न सफल भएका छन् ।

अमेरिकी अन्तरीक्ष संस्था नासाको अपोलो मिसनका क्रममा चन्द्रमाबाट ३ सय ८२ ग्राम माटो ढुंगा पृथ्वीमा ल्याइएको थियो । चन्द्रमाबाट भ्याकुम सिल्ड डिब्बामा पृथ्वीमा ल्याइएको थियो ।

कम्युनिकेसन बायोलोजीमा प्रकाशित शोध अनुसार चन्द्रमाबाट ल्याइएको माटोमा पहिलोपटक फूल फुल्ने बिरुवा उमारिएको छ । यद्यपि चन्द्रमाबाट ल्याइएको माटोमा विरुवा उम्रिनको लागि पृथ्वीको हावा र पानीको आवश्यकता परेको थियो ।

युनिभर्सिटी अफ फ्लोरिडाका प्राध्यापक एना लिसा पालका अनुसार पहिले पनि चन्द्रमाको माटोमा विरुवा उमारिएको थियो ।

तर त्यो यस प्रकारले उमारिएको थिएन । यसअघि पृथ्वीको माटोमा अलिकति चन्द्रमाको माटो मिसाएर विरुवा उमारिएको थियो । यसपटक भने केवल चन्द्रमाको माटोमा मात्रै विरुवा उमारिएको छ ।

एनालिसा पल र प्राध्यापक रोबर्ट फलले नासाबाट १२ ग्राम चन्द्रमाको माटो प्राप्त गरेका थिए । अपोलो ११, १२ र १७ मिसनका क्रममा ल्याइएको माटो उनीहरुलाई दिइएको थियो । वैज्ञानिकहरु चन्द्रमाको माटोमा विरुवा उमार्न सफल भएका छन् ।

अमेरिकी अन्तरीक्ष संस्था नासाको अपोलो मिसनका क्रममा चन्द्रमाबाट ३ सय ८२ ग्राम माटो ढुंगा पृथ्वीमा ल्याइएको थियो । चन्द्रमाबाट भ्याकुम सिल्ड डिब्बामा पृथ्वीमा ल्याइएको थियो ।

युनिभर्सिटी अफ फ्लोरिडाका प्राध्यापक एना लिसा पालका अनुसार पहिले पनि चन्द्रमाको माटोमा विरुवा उमारिएको थियो । तर त्यो यस प्रकारले उमारिएको थिएन । यसअघि पृथ्वीको माटोमा अलिकति चन्द्रमाको माटो मिसाएर विरुवा उमारिएको थियो । यसपटक भने केवल चन्द्रमाको माटोमा मात्रै विरुवा उमारिएको छ ।

 

प्रकाशित : 18 May, 2022

प्रतिक्रिया दिनुहोस्