राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ४, नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

यही जेठ ५ गते अर्थात् भोलि बिहीबार अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणको ऋणपत्र बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार दुईवर्षे अवधिको बिकास ऋणपत्र २०८१ ‘ङ’ ९२ वर्षे० लाम दिएको उक्त ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

निष्काशन मिति २०७९ जेठ ६ गते तोकिएको ऋणपत्रको साँवा भुक्तानी मिति २०८१ जेठ ६ तोकिएको छ ।

ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने सुविधा रहेको उक्त ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित : 18 May, 2022

प्रतिक्रिया दिनुहोस्