एएफसी छनोटका लागि अल्मुताइरीले घोषणा गरे नेपाली टिम

काठमाण्डौ । ज्येष्ठ ६, एएफसी एसियन कप २०२३ छनोटका लागि नेपाली रष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले अन्तिम टोलीको घोषणा गरेका छन् ।
नियमित कप्तान किरण चेम्जोङ र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द शिविर छाडेका १० खेलाडीलाई बाहिर राखेर राष्ट्रिय टोली छनोट गरिएको छ ।
विवाद छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाए पनि त्यसलाई सार्वजनिक नगर्दै राष्ट्रिय टोलीको छनोट गरिएको छ । यसले कम्तीमा आगामी एएफसी कप छनोटसम्म नेपाली टोलीको प्रशिक्षकमा अल्मुताइरी रहने संकेत दिएको छ ।