इन्धनको मूल्यवृद्धि फिर्ता लिन उद्योगीको माग
सहयात्रा टिभी
काठमाण्डौ । ज्येष्ठ १०, तिलोत्तमा चेम्बर अफ कमर्सले पटक पटक भएको इन्धनको मूल्यवृद्धिले उद्योगी व्यवसायी एवं आम नागरिकमा असर परेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
चेम्बरले एक विज्ञप्ति प्रकाशित गर्दै मूल्यवृद्धिको असर आर्थिक क्षेत्रमा देखिन थालेको र यसले आम नागरिकको ढाड सेक्ने काम गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको हो ।
संस्थाका अध्यक्ष बाबुलाल भुसालद्वारा जारी विज्ञप्तिमा पटकपटक पेट्रोल, डिजेल र मट्टीतेलका साथै खाना पकाउने ग्यासमा समेत मूल्यवृद्धि गरेर आम नागरिकको ढाड सेक्ने काम भएको, तरलताको अभाव देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको समेत ब्याजदर बढाएको उल्लेख छ ।