गेटा मेडिकल कलेजको माग गर्दे आन्दोलन
सहयात्रा टिभी
काठमाण्डौ । ज्येष्ठ १२, सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

उनीहरूले गेटा मेडिकल कलेजलाई समेट्न माग गर्दे सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् ।
धनगढी र अत्तरियाका स्थानीयले स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन थालेका छन् ।
मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिमवासीले आन्दोलन थालेका हुन् ।


