ईन्द्र बानियाँ स्थानीय तहमा आफ्नो अग्रता कायम गर्न सफल

काठमाण्डौ । ज्येष्ठ १२, बागमती प्रदेशका कांग्रेस सभापति ईन्द्र बानियाँको रणनीति निकै नै फाइदामुलक साबित भएको भन्दै नेताहरुले नै बानियाँको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
बानियाँ गठवन्धन निर्माण गरेर चुनावमा होमिएको कांग्रेसले मकवानपुरमा पहिलो पटक स्थानीय तहमा आफ्नो अग्रता कायम गरेको हो ।
राजनीतिक अंकगणितलाई राम्ररी हिसाब गर्न सक्ने र जिल्लाभर कांग्रेसको जरो फैलाउने काममा समेत सफलता हाँसिल गरेका बानियाँले गठवन्धन बाटै भएपनि जिल्लाको अधिकांश स्थानीय तहमा प्रमुख या उप्रमुखमा कांग्रेसलाई विजयी बनाएका छन् ।
कांग्रेस नेतृत्वमा रहेका नेताहरुले पनि अहिले यसको श्रेय बानियाँलाई दिइरहेका छन् । त्यसै गरी बानियाँ मकवानपुर बाट संसदीय निर्वाचनमा पहिलो जित हाँसिल गर्दै बागमती प्रदेशका सभापतिका रुपमा समेत उदाएका छन् ।