जापानका एक व्यक्ति मानिसबाट कुकुर बने

काठमाण्डौ । ज्येष्ठ १२, एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ ।
टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ ।
उक्त व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि उनले १९ लाख रुपैयाँ लगभग २० लाख जापानी येन खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोसाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पहिरनमा उनलाई चिन्न गाह्रो हुन्छ ।
पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता हुने भएकाले यो पोशाक बनाउन निकै मिहिनेत गरेको कम्पनीले जनाएको छ । टोकोले यो पोशाक लगाएपछि आफू कुकुरजस्तै देखिनुपर्ने इच्छा जताएका थिए ।