गिताञ्जली बनिन् अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय महिला

सहयात्रा टिभी

काठमाडौँ । जेठ १३, भारतीय लेखिका गिताञ्जली श्रीले अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गरेकी छन् ।

उनले लेखेको उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद ‘टम्ब अफ स्याण्ड’ ले सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको हो ।

गिताञ्जली बुकर पुरस्कार जित्ने पहिलो भारतीय महिलासमेत बनेकी छन् ।

पुस्कार स्वीकार गर्ने क्रममा उनले सम्बोधन गर्दै भनिन्, ‘मैले कहिले पनि बुकर पुरस्कार जित्ने कल्पना गरेकी थिइनँ । कहिले पनि सोचिन कि म यो गर्न सक्छु भनेर । यो एक प्रसिद्ध पुरस्कार हो । यसबाट सम्मानित हुन पाउँदा एकदमै खुशी लागेको छ ।’

प्रशिद्ध अंग्रेजी अनुवादक डेजी रोकवेलले यस उपन्यासलाई अनुवाद गरेका थिए । ५० हजार पाउण्डको पुरस्कार राशि रहेको उक्त साहित्यिक पुरस्कारको लागि पाँच पुस्तकबीच प्रतिस्पर्धा रहेको थियो ।

प्रकाशित : 27 May, 2022

प्रतिक्रिया दिनुहोस्