रातो मासु र मदिराको असर

सहयात्रा टिभी

रातो मासु प्राय धेरैको प्रिय मासु हो । अन्य मासुको तुलनामा रातो मासुमा बढि स्वाद हुने भएकाले धेरैले यसलाई खान रुचाउँछन् । तर रातो मासुको सेवनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्छ ।

रातो मासुमा खसीको मासु, रांँगाको मासु र बढी बोसो हुने मासु जस्तै, बगुर र बँदेलको मासु सकभर कम मात्रामा खानु पर्दछ । साथै कतिपय मासुसंगै मादक पदार्थ सेवन गर्छन् । तर मासुसंग मदिरा पिउँदा हृदयघात, रक्तचाप र युरिक एसिड बढ्ने तथा मृर्गौलाको समस्या हुने गर्दछ । त्यसैले यसबारे सचेत हुन आवश्यक छ ।

रातो मासु खाँनु अघि आफूमा कुनै रोग छ छैन त्यसको चेकजाँच गराउनु उपयुक्त हुन्छ । विशेषगरी औषधि सेवन गरिरहेकाहरु, मुटु र मधुमेहका रोगीले अनिवार्य आफ्नो स्वास्थ्य परिक्षण गर्नु पर्दछ । यसका साथै मासुका साथै हरियो सागपात र फलफूल खानु पर्दछ ।

प्रकाशित : 27 May, 2022

प्रतिक्रिया दिनुहोस्