आगलागी बाट छ घरमा क्षति

सप्तरी । जेठ १३,सप्तरीको छिन्नमस्ता गाउँँपालिका ५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ ।
आगलागीका कारण महेन्द्र कामैत, शकंर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्ण रुपमा क्षति भएको छ ।
आगलागी बाट गाउँ बस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका ५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताएका छन् ।
उनका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।
चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताए । आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन् ।