झरीबीच मनाइयो गणतन्त्र दिवस

सहयात्रा टिभी

काठमाडौँ । जेठ १५,राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

यस दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । काठमाडौँको टुँडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । बिहान झरीबीच सो कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित : 29 May, 2022

प्रतिक्रिया दिनुहोस्