रियाललाई १४औं च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ । जेठ १५, स्पेनिस क्लब रियाल मड्रिड पुनः एकपटक च्याम्पियन्स लिग विजेता बनेको छ ।
यससँगै रियाल निर्विवाद युरोपियन फुटबलको सबैभन्दा सफल क्लब बन्न सफल भएको छ ।
युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकको हुलदंगाका कराण पुनः एक पटक कलङ्कित बनेको छ ।
त्यसका बाबजुद रियालले शनिबार राति प्रिमियर लिगको क्लब लिभरपुललाई १.० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको हो । रियालको यो १४औं च्याम्पियन्स लिग उपाधि हो ।
पेरिसको स्टेट डी फ्रान्स रंगशालामा रियलको जितमा भिनिसियस जुनियरले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले फेडरिको भाल्भार्डेको क्रसलाई पोष्टको दिशा दिएका हुन् ।