अस्ट्रेलियामा १५३ पेसामा कामदार अभाव

सहयात्रा टिभी

काठमाडौँ । जेठ १५, कोरोनाको महामारीका कारण अस्ट्रेलियामा देखिएको कामदार अभाव पछिल्लो समय झन् बढेको छ ।

अस्ट्रेलियाभर हाल विभिन्न १ सय ५३ पेसामा कामदार अभाव रहेको जनाइएको छ ।

दुई वर्षअघि कोरोना महामारी सुरु भएसँगै गरिएको लकडाउनका कारण अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कामदारको समस्या भएको थियो ।

सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेपछि बर्सेनि लाखौंको संख्यामा आउने अन्तर्राष्ट्रिय विद्यार्थी तथा दक्ष कामदार आउन नपाएका कारण अभाव झन् चर्केको थियो ।

तर पछिल्लो समय सीमा खुला गरेको सरकारले वर्किङ होलिडे भिसालगायतका विभिन्न कार्यक्रम पनि कार्यान्वयमा ल्याएको छ । तर कामदार अभाव भने उस्तै छ ।

प्रकाशित : 29 May, 2022

प्रतिक्रिया दिनुहोस्