आजको मौसम : तीन प्रदेशमा हावाहुरीसहित वर्षा हुने

सहयात्रा टिभी
फाइल तस्वीर

काठमाडौँ । जेठ १७, नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : 31 May, 2022

प्रतिक्रिया दिनुहोस्