इटाली र अर्जेन्टिनाबीचको फुटबल आज

काठमाडौँ । जेठ १८, दुई महादेशीय फुटबल प्रतियोगिताका विजेता इटाली र अर्जेन्टिना बुधबार एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।
युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।
‘फाइनलसिमा’ नामाकरण गरिएको प्रतिस्पर्धामा दुवै टोली उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । इटाली डिफेन्डर जर्जियो चिलिनी तथा अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुनेछन् ।