माओवादी अध्यक्ष दाहालको धम्कीःकांग्रेसलाई ठेगान लगाउन नपरोस्

सहयात्रा टिभी

काठमाडौँ । जेठ १९, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई अहंकार नदेखाउन चेतावनी दिएका छन् । उनले अहंकार देखाए कांग्रेसलाई ठेगान लगाउने बताएका छन् ।

‘माओवादीले बडो मिहिनेत गरेर कांग्रेसको प्रधानमन्त्री बनायो तर अहंकार गर्‍यो भने हामीले एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस्,’ पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले भने, ‘कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

स्थानीय निर्वाचनमा १ सय २१ पालिकामा नेतृत्व जितेको माओवादीले ३ सय २९ पालिका जितेको कांग्रेसलाई चेतावनी दिनुको राजनीतिक कारण के हो त रु माओवादी नेता हरिबोल गजुरेलले यसको कारण निर्वाचनको परिणाम नै भएको बताए ।

तालमेल भएका स्थानमा माओवादीलाई कांग्रेसबाट न्यून मत आएको उनको भनाइ छ । ‘पैंचो लिएपछि तिर्नुपर्दैन  हामीले कांग्रेसलाई इमानदारीपूर्वक मत दियौं,’ उनले भने, ‘धेरै ठाउँमा कांग्रेसबाट मत आएन, हामीले हार्‍यौं ।

त्यही कुरा अध्यक्षले बुधबार प्रशिक्षणमा व्यक्त गर्नुभएको हो ।’ गजुरेलले निर्वाचन परिणामबाट पूर्ण सन्तुष्ट हुने ठाउँ नरहेको बताए ।

प्रकाशित : 2 June, 2022

प्रतिक्रिया दिनुहोस्