‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’ सुरु

सहयात्रा टिभी

काठमाडौँ । जेठ १९, हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दर्शकका लागि नयाँ कमेडी टेलिभिजन शो ल्याएका छन् ।

‘कमेडी हब’ नामक उक्त शोको बुधबार हिजोबाट प्रसारण सुरु भएको छ । शोका निर्देशन घिमिरेले नै हुन् ।

अघिल्लो साताबाट प्रसारण हुने भनिएको शो प्राविधिक कारणले सरेर यो बुधबारबाट प्रसारणमा आएको हो ।

एपिवान टेलिभिजनबाट प्रसारण भएको शोको शुभारम्भ केही अगाडि एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।

कमेडी च्याम्पियन हिमेश पन्त, माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको प्रस्तुति रहनेछ ।

 

प्रकाशित : 2 June, 2022

प्रतिक्रिया दिनुहोस्