अमेरिकाको ओक्लाहोमामा अज्ञात व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु

काठमाडौँ । जेठ १९, अमेरिकाको ओक्लाहोमामाको तुल्सास्थित एक मेडिकल भवनमा एक बन्दुकधारी अन्धधुन्दा गोली चलाउँदा चार जनाको मृत्यु भएको छ।
बुधवार भएको उक्त घटनाको केही बेरमै ती व्यक्तिले आत्महत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।
स्थानीय समयअनुसार ती बन्दुकधारी साँझ ४ः५२ बजे मेडिकल नजिकै आइपुगेका थिए। तुल्साका प्रहरी अधिकृत इरिक डग्लेसका अनुसार बन्दुकधारीले केही बेरमा गोली चलाएर आफैलाई पनि गोली प्रहार गरी आत्महत्या गरेका थिए।
करिब ३० वर्षको देखिने बन्दुकधारीको परिचय खुलिसकेको छैन। उनीसँग एउटा राइफल र पेस्तोल भेटिएको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।