प्रधानमन्त्री बन्न प्रस्ताव आयोःअध्यक्ष नेपाल

सहयात्रा टिभी

काठमाडौँ । जेठ १९, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताउनुभएको छ ।

तर त्यसको प्रलोभनमा नपर्ने उहाँले बताउनुभएको हो । सुर्खेतमा पुग्नुभएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनुभएको छ ।

नेकपा मा प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्रीको अफर आएको भन्दै उहाँले यस्ता कार्ड मान्छेलाई मूर्ख बनाउन मात्र भएको उहाँको तर्क छ ।

नेकपा एमालेसँग एकिकरण वा गठबन्धनको सम्भावना समेत नरहेको उहाँले बताउनुभयो । आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरूबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरू भष्म हुने चेतावनी पनि दिनुभयो ।

प्रकाशित : 2 June, 2022

प्रतिक्रिया दिनुहोस्