स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण

काठमाडौँ । जेठ २०, संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो।
मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’ सम्बन्धी अभिमूखीकरण दिइने भएको हो।
प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५२६ जेठ अभिमूखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७.२८ जेठमा मिति तय भएको छ।
त्यस्तै, बागमती र लुम्बिनीमा ३०.३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ। कार्यक्रम स्थलको जानकारी सम्बन्धीत प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ।