संखुवासभाका बिरामीलाई निःशुल्क सेवा दिँदै डा. केसी

सहयात्रा टिभी

काठमाडौँ । जेठ २०, अर्थोपेडिक सर्जन डा. गोविन्द केसीले खाँदबारीमा रहेको जिल्ला अस्पतालका विरामीलाई निःशुल्क सेवा दिएका छन् ।

आइतबार खाँदबारी आएका केसीले सोमबारदेखि दुर्गम क्षेत्रका नागरिकलाई निस्शुल्क सेवा दिएका हुन् ।

मेडिकल शिक्षामा हुने विकृतिविरुद्ध पटक पटक अनशन बसेका केसी पछिल्लो समय ग्रामीण क्षेत्रहरूमा पुगेर बिरामीलाई निःशुल्क सेवा दिने गरेका छन् ।

शिक्षण अस्पताल महाराजगन्जबाट सेवानिवृत्त भएपछि उनी अधिकांश समय विकट जिल्ला पुगिरहेका छन् । संखुवासभा आउनुअघि उनले पूर्वकै खोटाङ र भोजपुर पुगेर हाडजोर्नीका बिरामीको निस्शुल्क उपचार गरेका थिए ।

विशेषज्ञ डा. केसी आउने भएपछि जिल्ला अस्पताल खाँदबारीले हाडजोर्नीका बिरामीलाई निस्शुल्क सेवा दिन सूचना जारी गरेको थियो ।

त्यसपछि अस्पतालमा हाडजोर्नी तथा नसा रोगका बिरामीको भिड लागेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा। पंकज गुप्ताले जानकारी दिए ।

प्रकाशित : 3 June, 2022

प्रतिक्रिया दिनुहोस्