विराटनगरमा कात्तिकमा फ्लाएर्स फिल्म अवार्ड हुने

काठमाडौँ । जेठ २०, विराटनगरमा आगामी कात्तिक ५ गते फर्स्ट फ्लाएर्स फिल्म अवार्ड हुने भएको छ ।
ओजस फिल्म्स एण्ड इन्टरटेनमेन्टले मुम्बईको साइमन फिल्म्ससँगको सहकार्यमा अवार्ड गर्न लागेको हो ।
२०७६ देखि २०७८ चैतसम्म सिनेमा रिलिज भएका फिल्मले प्रतिस्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ ।
फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, पाश्र्वगायक, पाश्र्वगायिका, कथा, पटकथा, लाइफटाइम अचिभमेन्ट, पब्लिक च्वाइस अभिनेता र अभिनेत्री गरी २३ विधामा अवार्ड प्रदान गरिनेछ ।
बाहिर नेपाली फिल्मको विकास र प्रवद्र्धनको लक्ष्य लिएर यो अवार्डको पहिलो संस्करण विराटनगरमा गर्न लागिएको आयोजक संस्थाका प्रमुख साइमन राजवंशीले बताए ।