भिटेनको ‘गाउँतिरै’ सार्वजनिक
सहयात्रा टिभी
काठमाडौँ । जेठ २२, र्यापर भिटेन समिर घिसिङ को नयाँ गीत ‘गाउँतिरै’ सार्वजनिक भएको छ।

आफ्नो वर्तमान अवस्था विगतको सम्झनालाई सम्बोधन गरिएको यो गीत शनिबार सार्वजनिक भएको हो।भिटेनको आफ्नै युट्युब च्यानल ‘भिटेन म्युजिक’बाट यो गीत सार्वजनिक भउको हो।
गीतमा प्रयोग भएको बिट ‘बिट्सबाइहाइप’को रहेको छ।गीतको भिडियोलाई भने जेम्स लामाले निर्देशन गरेका छन्।
लामा र अनिश गैरेले खिचेको भिडियोले गीतमा प्रस्तुत गरिएको बाल्यकाल र विगतको सम्झनासँगै आफ्नो वर्तमान अवस्थासँग मेल खान्छ।
