फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ । जेठ २२, भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
र्याडिसन होटेलमा आयोजना गरिएको कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलताहरू र भारतमा उपलब्ध उन्नतस्तरको उपचार मोडेलहरूबारे जानकारी गराइएको थियो ।
इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा. एमएस कुँवर, अपोलो हस्पिटल, नयाँदिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिस्ट र इन्टरभेन्सनल कार्डियोलोजिस्ट वरिष्ठ सल्लाहकार डा.वनिता अरोरा तथा कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा. मुकेश गोयलको सहभागिता रहेको थियो ।
कार्यक्रममा डा. कुँवरले भने, ‘फोक्सो प्रत्यारोपण शल्यक्रिया जटिल छ, यसको जटिलता भनेको शल्यक्रियापछिको तत्काल र दीर्घकालीन हेरचाह पनि हो ।
विकसित मुलुकहरूमा दशकौँदेखि लोकप्रिय फोक्सो प्रत्यारोपण अहिले भारतमा पनि तुलनात्मक परिणामसहित उपलब्ध छ ।’
त्यस्तै डा। वनिता अरोराका अनुसार देब्रे मुटुले काम नगर्ने अधिकांश बिरामीहरूको उच्च मृत्युको कारण या त मुटुको पम्प फेल हुन्छ या अचानक कार्डियक अरेस्ट हुन्छ ।
यस्तो अवस्थामा सावधानीपूर्वक जाँच गरेपछि कार्डियक रिसिंक्रोनाइजेसन थेरापी उपकरण वा स्वचालित प्रत्यारोपण योग्य डिफिब्रिलेटर उपकरणहरूबाट बिरामीलाई बचाउन सकिन्छ ।