नेपाली फिल्ममा साउथ इन्डियन कमेडियन अलि अनुबन्धित

काठमाडौँ । जेठ २६, केही समय यता नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार तथा प्राविधिकहरू अनुबन्धित भएको खबरहरु आइरहेका छन् ।
नीता ढुंगानाको निर्माण रहने फिल्ममा भारतीय फिल्म पुष्पाका भिलने सुनिल वर्मा , गजनीको भिलने प्रदीप सिंह रावत अनुबन्धित भइसकेका छन् ।
यस्तै फिल्मलाई हालै हिरोपन्ती २ खिचेका कबीर लालले खिच्ने तय भइसकेको छ । यो फिल्ममा अर्का भारतीय कलाकार अलि अनुबन्धित भएका छन् ।
साउथ इन्डियन फिल्महरुमा प्राय कमेडियनको भूमिकामा देखिँदै आइरहेका अलिले नेपाली फिल्ममा अभिनय गर्ने सम्झौता भएको नीताले बताइन् ।
फिल्मकी कलाकारसँगै निर्मात्री समेत रहेकी नीताले अन्य कलाकार र प्राविधिकको बारेमा विस्तारै जानकारी दिने समेत बताइन् ।
फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने भएकोले भारतीय प्राविधिक तथा कलाकारलाई समेटिएको निर्देशक चन्द्र पन्तले बताए ।