कुनै पनि बेला सातौँ परमाणु बम परीक्षण गर्न सक्नेःउत्तर कोरिया

सहयात्रा टिभी

काठमाडौँ । जेठ २६, उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले आइतबार प्योङयाङले कीर्तिमानी आठ ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि यस्तो चेतावनी दिएका हुन् ।

 

यसअघि यस्तो कुनै पनि आणविक परीक्षणलाई छिटो र बलियो प्रतिक्रियाू दिइने अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनले पत्रकारहरूलाई बताएकी थिइन् ।

प्योङयाङले पाँच वर्षदेखि आणविक परीक्षण गरेको छैन। तर, कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।

जकार्ताबाट बोल्दै किमले उत्तर कोरियाले यस वर्ष अभूतपूर्व सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताए ।

पछिल्लो कीर्तिमानी वर्ष २०१९ मा गरिएको २५ वटा क्षेप्यास्त्र परीक्षणको तुलनामा यो वर्ष ३१ वटा गरिएको उनको भनाइ थियो ।

प्रकाशित : 9 June, 2022

प्रतिक्रिया दिनुहोस्