बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७, कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने भएको छ ।


बालबालिकालाई बुस्टरडोज खोप लगाउँदा फरक फरक खोपको मात्रा पनि फरकफरक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फाइजर खोप बुस्टर लगाउँदा शून्य दशमलव ३ एमएल र मोर्डना खोप लगाउँदा सून्य दशमलव २५ एमएल दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज लगाउन कोभिडको दोस्रो मात्रा खोप लगाएको तीन महिना पुग्नुपर्ने बताउनुभयो ।

प्रकाशित : 10 June, 2022

प्रतिक्रिया दिनुहोस्