जस्टिन बिबरको आधा अनुहार पक्षाघात, सांगीतिक भ्रमण स्थगित

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, विश्वका चर्चित पप गायक जस्टिन बिबरले हालै आफ्नो एल्बम न्यायको प्रमोशनका लागि विश्वका विभिन्न देशको भ्रमण गर्ने घोषणा गरेका थिए । तर केही दिन पछि गायकले आफ्नो भ्रमण स्थगित गरे ।

उक्त खबर सुनेपछि विश्वभर फैलिएका उनका फ्यान निराश बनेका छन् । यसै क्रममा गायकले आफनो सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक गर्दै यसको पछाडिको कारण खुलाएका छन् । भिडियोमा उनले आफ्नो आधा अनुहार पक्षाघात भएको खुलासा गरेका छन् ।

उक्त भिडियोमा बिबरले आफू रामसे हन्ट सिन्ड्रोम बाट पीडित भएको कारण उनको अनुहार पक्षाघात भएको बताएका छन् । भिडियोमा आफ्नो अवस्थाको बारेमा कुरा गर्दै बिबरले आफनो आँखा मिच्न नमिल्ने र साथै अनुहारको एक छेउमा हाँस्न पनि नसक्ने भएकाले आफनो पछिल्लो शो रद्द गर्नु परेको बताएका छन् । यसबाट आफु निराश भएको बताउदै हालको अवस्थामा आफु शारीरिक रूपमा सक्षम नभएको बताउदै आफना सर्मथकहरुले बुझ्ने छन भन्ने आशा राखेको बताएका छन् ।

त्यस्तै यस वर्षको मार्चमा जस्टिन बीबरकी श्रीमती हेलीलाई पनि मस्तिष्कमा रगत जमेको कारण अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : 11 June, 2022

प्रतिक्रिया दिनुहोस्