देशभर वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, देशका विभिन्न स्थानमा आज पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य बदली रहेको र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार नेपालको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

नेपालको पूर्वबाट एक साता अघि प्रवेश गरेको मनसुन देशभर फैलिने क्रममा रहेको महाशाखाले जनाएको छ । सामान्यतया जुन १३ मा मनसुन भित्रने गरेकोमा यसपटक एक साता अघि नै मनसुन प्रदेश १ बाट प्रवेश गरेको थियो ।

प्रकाशित : 12 June, 2022

प्रतिक्रिया दिनुहोस्