इम्बोस्ट नम्बर प्लेट लिएपनि पुरानै कागजात बोक्नुपर्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, सवारी साधनलाई नयाँ इम्बोस्ट नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ ।

सवारी साधनमा नयाँ इम्बोस्ट नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लुबुक बोक्नै पर्ने र सवारी साधनको पुरानै नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्ने हुँदा इम्बोस्ट नम्बरको उपयोगिता तत्काल देखिएको छैन ।

भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुँदासम्म पुरानै नम्बर आवश्यक रहेने यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी साधनमा इम्बोस्ट नम्बर लिएपछि भीआरएसबाट सवारीको अवस्थाबारे अनलाइनबाट हेर्न मिल्छ । तर सडकमा ट्राफिक प्रहरीले जाँच गर्दा हाल भएका सबै कागजात देखाउनुपर्नेछ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ट नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने बताए ।

‘भीआरएसबाट सबै सवारीको नियमन विभागले गर्छ । तत्कालका लागि पुरानै नम्बर पनि ब्लुबुकमा रहन्छ ।’ उनले भने । आजको गोरखापत्रमा समाचार छ ।

 

प्रकाशित : 12 June, 2022

प्रतिक्रिया दिनुहोस्