पनौतीको डबलीमा निशुल्क स्वास्थ्य शिविर ५ सय ५ जना लाभान्वित

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९,पनौती बजारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

हरेक वर्ष लाग्ने पनौती जात्राको पुर्व सन्ध्यामा आयोजित शिविरमा पनौती र आसपासका क्षेत्रका ५ सय ५ जनाले सहभागिता जनाएका छन् ।

कम्युनिटी वेलनेस सेन्टर बनेपा तथा डाईग्नोस्टिक ल्याव एण्ड रिसर्च सेन्टर बनेपा, गोरखनाथ डेन्टल क्लिनिक, रुवी आई केयर एण्ड अप्टिकल्स सेन्टरको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो ।

यस अघि पनि पनौती तथा विभिन्न स्थानमा उक्त संस्थाहरुको प्राविधिक सहयोगमा निशुल्क शिविरको आयोजना गरिएको थियो ।

शिविरमा सहभागि मध्ये प्रेसर जाँच ३ सय २७ जना, सुगर जाँच २ सय ४३, दाँत परिक्षण १ सय ५४ जना, आँखा परिक्षण २ सय ७५ जना, सामान्य परिक्षण २ सय ३८ जना, नाक, कान, घाँटीको परिक्षण १ सय ३ जना र फिजियोथेरापी परामर्श ९८ जनाले लिनु भएको थियो ।

विहान ९ बजेबाट दिउसो ३ बजेसम्म शिविर संचालन गरिएको थियो । पनौतीको लायकु डबलीमा आयोजित शिविरको नवल समाज, नवल महिला समाज, हलि नेवाः नवल कचाले आयोजना गरेका थिए भने कम्युनिटी वेलनेस सेन्टर बनेपा, डाईग्नोस्टिक ल्याव एण्ड रिसर्च सेन्टर बनेपा, गोरखनाथ डेन्टल क्लिनिक, रुवी आई केयर एण्ड अप्टिकल्स सेन्टरको प्राविधिक सहयोग रहेको थियो ।

प्रकाशित : 12 June, 2022

प्रतिक्रिया दिनुहोस्