ज्यालादारी कर्मचारी हटाउने वीरगञ्ज महानगरपालिकाको निर्णय

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, वीरगञ्ज महानगरपालिकाले तत्कालिन मेयर विजय सरावगीले नियुक्त गरेका सबै ज्यालादारी कर्मचारी हटाएको छ ।

२०७८ वैशाखदेखि नियुक्ति भई दैनिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म हटाएको प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले सोमबार सूचना जारी गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अन्तर्गत रहेका सबै वडा कार्यालय, स्वास्थ्य चौकी र केन्द्रमा तत्कालिन मेयर विजय सरावगीले सयौं ज्यालादारी कर्मचारी नियुक्त गरेका थिए ।

उनीहरुलाई ०७९ असार १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको जारी सूचनामा उल्लेख छ ।

प्रकाशित : 14 June, 2022

प्रतिक्रिया दिनुहोस्