प्रेमी शरदसँग आजै लगनगाँठो कस्दै गायिका इन्दिरा

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, चर्चित गायिका इन्दिरा जोशीले आज मंगलबार विवाह गर्दैछिन् ।

प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ ।

मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन् ।

आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो ।

परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् ।

प्रकाशित : 14 June, 2022

प्रतिक्रिया दिनुहोस्