कञ्चनपुरमा ८८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । जेठ ३१, कञ्चनपुरमा ८८ प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार करिब ४ लाखले पहिलो र दोस्रो मात्रा खोप लगाएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिृकत जनक कुँवरका अनुसार ३ लाख ९१ हजार ५४ ले पहिलो मात्रा जुन लक्षित जनसंख्याको ८७ प्रतिशत हो ।
यसैगरी ३ लाख ९१ हजार ७६६ ले दोस्रो मात्राको खोप लगाएका छन् । जुन लक्षित संख्याको ८८ प्रतिशत हो । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बुस्टर डोज १ लाख १२ हजार ३४० ले लगाएका छन् ।
१२ वर्ष माथिकादेखि १८ वर्ष माथिका सबैलाई खोप लगाइएको कोल्ड चेन अधिकृत कुँवरले बताए । छुटेकाहरुलाई पनि खोप दिईरहेको उनले सुनाए । जिल्लाभरिमा १२ वर्ष माथिको खोप लगाउने लक्षित संख्या करिब साढे ४ लाख छ ।