कोरोना अपडेटः २ हजार ३४१ को परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमित

काठमाडौँ । असार १, पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ३४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ७४३ जनाको पिसिआर र आठ ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ९३ जना सक्रिय संक्रमित छन्।
१६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।