गीतकार डीआरले ल्याए ५० देशका भाषामा गीत

सहयात्रा टिभी

काठमाडौँ । असार २, गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशका भाषामा तयार पारिएको गीतहरू समेटिएको एल्बम ‘मन मोहिनी’ सार्वजनिक भएको छ ।

एल्बमले गिनिज वर्ल्ड रेकर्ड समेत राखेको छ । डीआर म्युजिक एण्ड क्रियशनले सार्वजनिक गरेको एल्बमका गीतहरूमा सन्तोष श्रेष्ठको संगीत छ ।

एल्बममा गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेका छन् ।

प्रकाशित : 16 June, 2022

प्रतिक्रिया दिनुहोस्