तमोर र काबेलीमा जल सतहले सतर्कता तह पार गर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । असार ३, मनसुन सुरु भएसँगै पूर्वी नेपालका नदी तथा खोलाको बाहव अन्य क्षेत्रको तुलनामा धेरै बढेको छ ।

पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइसकिएको विभागले जनाएको छ । उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।

यस्तै, ताप्लेजुङ्गको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ । र बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

प्रकाशित : 17 June, 2022

प्रतिक्रिया दिनुहोस्