जनताको सरकार भएको महसुस गराउनुपर्छः मेयर बालेन्द्र साह

सहयात्रा टिभी

काठमाडौँ । असार ८, बालेन्द्र साहले विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग पहिलो बैठक गर्नुभएको छ ।

सोमबार सम्पन्न बैठकमा उहाँले ‘पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेक्केदारलाई नागरिकले कुनै सोधपुछ गरे भने कुनै पनि सदस्यले यो मेरो काम होइन भनेर नपन्छनुस, अर्काको कार्य क्षेत्रको कुरा काम भए समन्वय गरेर जिज्ञासाको उत्तर दिनू ।

हामी सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनुपर्छ भन्नुभयो । उहाँले नतिजामुखी कामका लागि सबैको प्रयास आवश्यक रहेको बताउँदै सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । ‘जीवन्त सांस्कृतिक सहर काठमाडौंलाई व्यवस्थित गर्न धेरै काम गर्नुपर्नेछ ।

प्रमुख साहले, जमिन पुनभरण हुन नपाउँदा चाहिने ठाउँमा पानी नपुगेको, नदीका पानी धेरै भएर बाढी आएकोलगायत वातावरणीय सुधार, सहरी सेवा सुविधाको सहज वितरण तथा पूर्वाधार निर्माणको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक डा. सुरेन्द्रलाल हाडा, उपनिर्देशक अच्युतानन्द मिश्र, सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर डा.विजय जैसी, सडक डिभिजन काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरे, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसहित अधिकारी सहभागी थिए ।

प्रकाशित : 22 June, 2022

प्रतिक्रिया दिनुहोस्