काठमाडौंमा थप तीन जनामा हैजा

काठमाडौँ । असार ८, पुष्टिइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको छ।
त्यस्तै, अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा हैजा देखिएको छ। उनको थप कल्चर गर्न बाँकी रहेको जनाइएको छ।
बूढानीलकण्ठ नगरपालिकाको कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा। चुमनलाल दासले बताए। उनका अनुसार, महाशाखाले अनुसन्धानका लागि टोली खटाइसकेको छ।
टोलीले रोगको कारण पत्ता लगाउन दूषित पानी र खाना लगायतको गुणस्तरको मापन गरिरहेको छ। थप हैजा फैलन नदिन सचेत गराइरहेको छ।